८ बैशाख २०८१, शनिबार

‘बोल्ड डिसिजन’ गर्न सिन्धुली पुगे प्रचण्ड, के गर्लान् त ?


प्रचण्ड पुगे सिन्धुली फाइल फोटो

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार सिन्धुली पुगेका छन् । राजनीतिक संकट चुलिरहेका बेला प्रचण्ड सिन्धुली पुग्नुलाई राजनीतक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

कर्णालीमा आफ्नो पार्टीको प्रदेश सरकार अल्पमत परेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुलीतिर लागेका छन् । उनी तनावमुक्त हुनलाई त्यसतर्फ गएको बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुली पुगेका हुन् । प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत सिन्धुली गएका छन् ।

यसअघि पनि अध्यक्ष प्रचण्ड तनावमा परेका बेला पटकपटक सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट जाने गरेका थिए । उनी जब राजनीतिक तनावमा हुन्छन्, त्यसवेला आराम गर्न सुकुटे पुग्ने गरेका विगतका उदाहरण पनि छन् । सुकेट जाँदा सिन्धुपाल्चोक-१ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभामुख अग्नि प्रसाद सापकोटासँगै जाने गर्छन ।

तर आज भने उनी तनावमुक्त हुनका लागि सिन्धुली गएका छन् । सिन्धुलीमा कुनै औपचारिक कार्यक्रम नभएपनि तनावमुक्त हुन मात्र प्रचण्ड सिन्धुली हिँडेको उनको सचिवालय स्रोतले जनाएको छ । सिन्धुलीमा उनी नेता हरिबोल गजुरेलको निवासमा बस्ने व्यवस्था मिलाइएको बुझिएको छ । सिन्धुली जाँदा उनी गजुरेलसंगै हुने गर्छन ।

पार्टीका केही राजनीतिक दस्तावेज वा प्रतिवेदन लेख्नुपरे वा महत्वपूर्ण निर्णय लिनको लागि दाहाल बेला बेलामा गुप्तबासमा बस्ने गरेका छन् । प्रचण्ड प्राय: कुनै पनि ‘बोल्ड डिसिजन’ गर्नुपर्दा उपत्यका बाहिर जाने गर्दछन् ।

कर्णालीमा आफ्नो पार्टीको प्रदेश सरकार अल्पमत परेपछि माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्भावना देखिएको छ । कर्णाली प्रदेश सरकारका एमालेले हात हातेसंगै केन्द्रिय सरकार पनि अल्पमतमा पर्ने देखिएको छ भने प्रधानमन्त्री ओलीको पद पनि धरापमा पर्न सक्ने सम्भावना बढेको छ ।

लहरो तान्दा पहरो खस्छ भनेझै अव नेपालको राजनीति उथलपुथल हुने संकेत देखिएको छ । धेरैजसो प्रदेश सरकार अल्पमतमा परेर ढल्न सक्ने सम्भावना हुनुको साथै केन्द्रिय सरकारमा पनि ८ रेक्टर स्केलको भन्दा ठुलो भूकम्प जाने सक्ने पनि देखिएको छ ।

नयाँ सरकार गठन लगायतका विषयमा दलहरुबीच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुगेका हुन् । सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।

यो पनि पढ्नुहोस्

कर्णालीमा सरकार अल्पमतमा पर्ने भएपछि प्रचण्डलाई छट्पटी : तनावमुक्त हुन लागे सिन्धुलीतिर

प्रचण्डलाई यतिठुलो चटारो: एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, अव के गर्लान् मुख्यमन्त्री शाहीले ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको विकल्प राजीनामा !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !