७ बैशाख २०८१, शुक्रबार

उपेन्द्र यादवलाई राजपाको प्रस्ताव : मुख्यमन्त्री रोज्ने कि सभामुख ?


Upendra-Yadhav

२५ माघ, काठमाण्डौ । २ नम्बर प्रदेशको सरकार गठनका लागि गृहकार्य गरिरहेका राजपा र फोरमवीच मुख्यमन्त्री र सभामुखको भागवण्डाबारे दुईवटा विकल्पमाथि छलफल भइरहेको छ । सम्भवतः यसबारे शुक्रबारसम्म टुंगो लाग्ने मधेसकेन्द्रित दलका नेताहरुले बताएका छन् ।

तीन दिनअघि भएको छलफलमा राजपाका नेताहरुले फोरम नेता उपेन्द्र यादवलाई मुख्यमन्त्री वा सभामुखमध्ये एउटा रोज्ने गरी दुईवटा प्याकेज प्रस्ताव दिएका छन् । यसबारे उपेन्द्र यादवले आफ्नो पार्टीभित्र छलफल गर्नुपर्छ भनेपछि गृहकार्यका लागि तीन दिन समय दिइएको नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !