७ बैशाख २०८१, शुक्रबार

३ नम्बर प्रदेशवाट राष्ट्रियसभा निर्वाचनमा वाम गठवन्धन ६ कांग्रेस २


provience3

२३ माघ, ललितपुर । ३ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

खुलामा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका बलराम बासकोटा र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन् । महिला तर्फ एमालेका उदया शर्मा पौडेल र दिलकुमारी थापा रावल (पार्वती) र कांग्रेसकी धनकुमारी खतिवडा विजयी भए ।

अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र राई र दलित तर्फ एमालेका सिंग बहादुर विश्वकर्मा विजयी भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !