७ बैशाख २०८१, शुक्रबार

४ नम्बर प्रदेशमा दिपक मनाङे नआउँदा ४८ मतभार नोक्सान


दीपक मनाङ्गे

२४ माघ, कास्की । राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ४ मा एक जना प्रदेश सभा सदस्य बाहेक सबैले मतदान गरेका छन् । मनाङ ‘ख’ वाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा नआएका हुन् । उनले मतदान नगर्दा प्रदेश नं. ४ मा ४८ मतभारको नोक्सान भएको छ ।

लोकसेवा आयोगको कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान प्रक्रिया चलेको थियो । मतदानमा अरु ५९ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् भने स्थानीय तहका सबै प्रमुख/उपप्रमुख मतदानमा सहभागी भएका थिए ।

७ पदका लागि भएको निर्वाचनमा ४ दलका १० जना उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै बुधबार नै अपरान्ह ४ बजेदेखि मतगणना सुरु भएको छ । क्षेत्रीय निर्वाचनको कार्यालयमा चार दलका १/१ जना प्रतिनिधीको रोहवरमा मतगणना हुने क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !