४ बैशाख २०८१, मंगलबार

७ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा राजपाका २ सांसदले गरेनन् मतदान


pradesh 7

माघ, डोटी । ७ नम्ब प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई सय २७ जनाले मतदान गरेका छन् । २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् ।

दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा दिउँसो १ बजेसम्म नै मतदान गरिसकेका थिए । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा नआएका हुन् । आफ्नो पार्टीको उम्मेदवार नभएको र अरु पार्टीका उम्मेदवारले मत नमागेकाले मतदान गर्न नगएको राजपा नेतृ एवं प्रदेश सांसद मानमती राना थारुले बताइन् ।

७ नम्बर प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ जना नगरप्रमूख/उपप्रमूख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र ५३ जना प्रदेश सभाका सांसद गरी कुल दुई सय २९ जना मतदाता रहेका छन् । जसमध्ये एकबजेभित्रै दुई सय २७ मत खसेको छ । बाँकी मत नखस्ने भएपनि मतदान केन्द्र भने निर्धारित समय तीन बजेसम्म संचालनमा रहनेछ । त्यसअघि नै निर्वाचन अधिकृतको कार्यालयले सर्बपक्षिय बैठकको आह्वान गरिसकेको छ । बैठक पछि सम्भवतः ४ बजेवाट मतगणना शुरु गरिने निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

७ नम्बर प्रदेशमा कुल ८ जनामध्ये दुईजना सांसदका लागि मतदान भएको हो । जसमा दलित कोटामा वामगठबन्धनका तर्फवाट नेकपा एमालेका चक्रप्रसाद स्नेही र नेपाली कांग्रेसका शेरीराम पार्की प्रतिस्पर्धामा छन भने, अल्पसंख्यक/अपांग कोटामा बामगठबन्धनका तर्फवाट नेकपा माओवादी केन्द्रका महेश कुमार महरा र नेपाली कांग्रेसका छत्रराज जोशी प्रतिस्पर्धामा छन् ।

६ जना उम्मेदवार भने निर्विरोध निर्वाचित भैसकेका छन् । खुल्ला र महिला कोटामा तीन/तीन जना उम्मेदवार निर्वाचित भएका हुन् । खुल्ला तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे, नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवर र नेकपा माओबादी केन्द्रका हरेराम चौधरी तथा महिला तर्फ नेकपा एमालेका कमला ओली, एमालेकै ईन्दु कडरिया र नेपाली कांग्रेसकी तारादेबी भट्ट निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !