१२ बैशाख २०८१, बुधबार

माधव-झलनाथ पक्षले एमाले कब्जा वा विद्रोह गर्ने प्रचण्डको सनसनीपूर्ण खुलासा


प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्ने चिन्ता व्यक्त गरेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै प्रचण्डले माधवकुमार नेपाललगायतका नेताहरुको उद्धार कसरी गर्ने भन्ने चिन्ता लागेको बताए । ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् ।

प्रचण्डले सर्वोच्च अदालतको पछिल्लो फैसलाले माधव नेपाललगायतलाई एमालेमा नै फर्काइदिएपछि एमालेभित्र विद्रोह हुने दावी गरे । प्रचण्डले भने, ‘मलाई टेन्सन भनेको बिचरा ! माधवजीहरुलाई कसरी रेस्क्यु गर्ने होला भन्ने टेन्सन छ । आफ्नै टेन्सन त छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !