६ बैशाख २०८१, बिहिबार

सेनामा यौन प्रकरणमा मुछिएका जर्नेलसहित ३ जना बर्खास्त


मिसगाभ, इजरायल, ९ साउन

काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ ।

सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको छ ।

सैनिक उच्च स्रोतका अनुसार जर्नेल कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो । सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो ।

कारबाही सिफारिस लगत्तै सैनिक मुख्यालयले उनीहरूलाई कारबाहीस्वरूप भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो । सैनिक स्रोतका अनुसार अनुसन्धानका क्रममा जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला सैनिकलाई यौन दुव्र्यवहार गरेको तथ्य फेला परेको थियो ।

जर्नेल कार्कीले आफ्नो यौन दुव्र्यवहारको घटना सुरुमा लुकाउन खोजेका थिए । यो विषय सहायक बाहिनीपतिले बाहिर ल्याएको भन्दै कार्कीले उल्टै सहायक बाहिनीपति माथि आन्तरिक छानबिन थालेपछि उनीहरू दुईबीच विवाद बढेको थियो । त्यसपछि सो घटना मध्यपूर्वी पृतनामा पुगेको थियो ।

मध्यपूर्वी पृतनाले उनीहरूबीचको सम्बन्ध र बीचको यौन दुव्र्यवहार विषयबारे मुख्यालयलाई जानकारी गराएको थियो । यसरी जानकारी गराइएपछि सैनिक मुख्यालयले छानबिन थालेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !