१२ बैशाख २०८१, बुधबार

नेकपा यो हालतमा पुग्नुको मुख्य कारण योगेश भट्टराईले खुलाए


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नको लागि आग्रह गर्नु ठुलो भुल भएको दावी गरेका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यक्ष प्रश्नमा नेता भट्टराईले ओलीमा बहुमत हुँदा हुँदै पनि देउवालाई प्रधानमन्त्री बन्नको लागि अफर दिनु ठुलो भुल रहेको बताए । भट्टराईले नेकपा यो हालतमा पुग्नुको मुख्य हात ओली, प्रचण्ड र माधव नेपालको रहेको बताए । यी नेताहरुको इगोले गर्दा नेकपा यो हालतमा पुगेको आरोप लगाए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !