४ बैशाख २०८१, मंगलबार

रामबहादुर थापालाई ओलीले दिए यतिठुलो उपहार, भीम रावलको पद जाने पक्का, अब के गर्लान् ?


राम बहादुर थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका राम बहादुर थापा ‘बादल’लाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी थालेको बुझिएको छ । तर अव बामदेवले के गर्लान् ? भन्ने जस्तो चासो आम नेपाली जनतामा बढेको छ ।

तत्कालीन नेकपा एमालेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवाली गरी ५ जना उपाध्यक्षमध्ये अहिले भण्डारी राष्ट्रपति छन् । बादललाई उपाध्यक्ष बनाएमा अन्य ४ जनाले के कस्तो प्रतिक्रिया देखाउलान भन्ने भविष्यले बताउला । वामदेव गौतम बाहेक अन्य ३ जना माधव नेपाल निकट मानिन्छन् ।

‘मानिस चिनिने भनेको मर्दा र पर्दा हो’ भनेझैँ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला आफूलाई ठुलो साथ दिएका बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतले बताएको छ ।

यस्तै आफूलाई संकट पर्दा प्रचण्डको साथ छोडेर आफूतिर लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई पनि नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने ओलीले सोच बनाएका छन् । नेकपा (एमाले) का माथिल्लो तहका एक नेताका अनुसार संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताएका छन् ।

आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिएर सांसद पद समेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभाका उनीहरूलाई उचित र सम्मानजनक स्थान दिने तयारी ओलीले गरेका हुन् ।

पूर्वमाओवादी केन्द्रका सांसदहरू पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई ओलीले मन्त्री बनाइ सकेका छन् ।

तर आफ्नो पक्षमा लागेकालाई एमालेमा स्थान दिनेबारे ओलीले नेता माधवनेपाल समूहसँग भने छलफल गरेका छैनन् । ओली प्रचण्डको नजिक हुँदा ओलीको खेदो खन्ने भिम रावलको हातल खराव हुने देखिन्छ । उनको छुच्चो जिब्रोले गर्दा अव धेरै हविगत नहोस् भन्ने कामना मात्र गर्न सकिन्छ ।

तर भविष्यमा एमाले अध्यक्षको सपना देखेका रावललाई पछि पर्दै बिष्णु पौडेललाई ओलीले साविकको नेकपाको महासचीव बनाएर उनलाई किनारा लगाएका थिए । तर पहिला ओलीले नै रावललाई रक्षामन्त्री त बनाएका थिए । पछि ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा समेत रावललाई मन्त्री नबनाउदा उनी ओलीप्रति झन् आक्रोशित भएर राष्ट्रवादी भएका थिए । पार्टीभित्र रावललाई सत्ताको नजिक बस्न चाहने अवसरवादी नेताको रुपमा हेर्ने गरिन्छ ।

ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नलागेतापनि उनीहरूका लागि ‘सरप्राइज’ उपहार दिने तयारी ओलीले गरेका हुन् । यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीतिर लागेकाहरूलाई अब के गर्ने भन्ने उनीहरूलाई छान्न दिने बताएका थिए ।

ओलीले प्रचण्डलाई छोडेर आफ्नो पक्षमा लागेका तत्कालिन माओवादीका नेतालाई काखी च्याप्ने अनि माधव नेपाल निकटका अन्य एमालेका नेताहरुलाई गलत्याउने रणनीति अपनाएमा एमालेमा अझ ठुलो भाडभैलो हुने स्वत: अनुमान गर्न सकिन्छ ।

माधव नेपाललले त ओलीसँग दह्रो संघर्ष गरेर अघि बढ्ने यसअघि नै बताइसकेका छन् । ओलीले फेरी माधव पक्षलाई बेवास्ता गरेर आफ्नी तरिकाले अघि बढ्दा एमाले फेरि सानोतिनो महाभारतको युद्ध नै हुने जस्तो संकेत देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु