१३ बैशाख २०८१, बिहिबार

पुन:स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सकियो, अर्को बैठक चैत ३ गते बस्ने


प्रतिनिधिसभा फाइल फोटो

काठमाडौँ । पुन:स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक भर्खर सकिएको छ । अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्नि सापकोटाले बताए । प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सकिएको हो ।

आजको बैठकमा ७ वटा अध्यादेशहरु पेश हुने बताएतापनि बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो । बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु भएका सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो ।

संसद बैठक करिब १२ मिनेट बसेको हो । यसअघि सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेश हुने संसद सचिवालयले जनाएको थियो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको थियो । प्रधानमन्त्री ओली संसद् बैठक शुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।

यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भएपनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । बुधबार प्रधानमन्त्री बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका अधिकांश मन्त्रीहरू पनि बैठक छाडेर हिँडेका छन् ।

अस्ति सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका थिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका थिए । यद्यपि कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !