७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेश फेरि पेश हुने : आज के होला त ?


सङ्घीय संसद फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा ७ वटा अध्यादेशहरु पेश हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने संसद सचिवालयले जनाएको छ । अस्ति सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो ।

सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् ।

यद्यपि कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ । नेकपा (एमाले) को माधव नेपाल पक्षका सांसदले प्रतिनिधिसभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !