८ बैशाख २०८१, शनिबार

रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्दै कोमल वलीले दिइन् यस्तो कडा चेतावनी


कोमल ओली, रघुजी पन्त

काठमाडौं । कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले गाली र बेइज्जती गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

राष्ट्रियसभा सदस्यसमेत रहेकी वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् ।ञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !