४ बैशाख २०८१, मंगलबार

आज सार्वजनिक हुँदै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, मन्त्री बनाउने ओलीको तयारी


केपी शर्मा ओली, विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन् । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि ‘विप्लव’ आज सार्वजनिक हुन लागेका हुन् । सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ । समहमतिपछि ओली सरकारले विप्लवलाई महत्वपुर्ण मन्त्रालयहरु दिने समाचारहरु बाहिरिएको छ। विप्लवलाई एक महत्वपुर्ण मन्त्रालयसहित तिन मन्त्रालय दिने सहमति भएको छ। उक्त सहमतिसँगै नेत्रविक्रम चन्द मन्त्री बन्न सक्ने देखिन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु