११ बैशाख २०८१, मंगलबार

संसदीय दलको बैठकमा उपस्थिति हुन नेकपा सांसदहरुलाई प्रमुख सचेतक भट्टराईको आग्रह


बिशाल भट्टराई

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक फागुन २२ गते बस्ने भएको छ। संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार २२ गते ३ बजे लोथ्से हलमा संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

प्रमुख सचेतक भट्टराईले एक नोटिस जारि गर्दै भनेका छन्, ‘नेकपा संसद सदस्य ज्यु हरु, २०७७ / ११ २२ गते दिनको ३ बजे लोथ्से हलमा संसदीय दलको नेता सम्माननीय प्रधान मन्त्रि केपी शर्मा ओलीको निर्देशन अनुसार संसदीय दलको बैठक बस्ने हुँदा सबैको अनिबार्य उपस्थितिको लागि अनुरोध छ – प्रमुख सचेतक बिशाल भट्टराइ!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !