७ बैशाख २०८१, शुक्रबार

ओली समूहले कुकुरको मासु बेचेको सुदन किरातीको आरोप


सुदन किराती फाइल फोटो

काठमाडौं ‍। नेकपा प्रचण्ड-नेपाल समूहका नेता सुदन किरातीले नेत्रविक्रम चन्द समूहलाई कुकुरको मासु बेच्ने पसलमा हार्दिक स्वागत गरेका छन्। नेता किरातीले अबको बहश कार्यकारी राष्ट्र प्रमुखमा केन्द्रीत गर्न आग्रह गरेका छन्।

विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति भएपछि नेता किरातीले यस्तो प्रतिक्रिया दिएका हुन्।

नेता किरातीले लेखेका छन्, ‘कुकुरको मासु बेच्ने पसलमा हार्दिक स्वागत छ कमरेड बिप्लब लाई “अबको बहश” कार्यकारी राष्ट्र प्रमुखमा केन्द्रीत गरौं ! बिकृत निर्वाचन प्रणाली खारेज गरौं !!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !