७ बैशाख २०८१, शुक्रबार

लामो समयदेखि भूमिगत भएका नेत्रविक्रम चन्द कार्यक्रमलाई सम्बोधन गर्न राजधानी आउँदै


विप्लव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नको लागि नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउने भएका छन्। लामो समयदेखि भूमिगत भएका उनी कार्यक्रमको लागि राजधानी आउने भएका छन्। सरकारले विप्लवसँग वार्ता गरेसंगै ३ बुँदे सहमतिपछि नेत्रविक्रम चन्द काठमाडौं आउने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !