१२ बैशाख २०८१, बुधबार

सचेतकवाट हटाएपछि शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेपछि आफ्नो प्रतिक्रिया दिएकी छिन् । शान्ता चौधरीले आज सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख्न आग्रह गरेकी छिन् ।

शान्ता चौधरीले लेखेकी छिन्,‘रातो झण्डा बर्गिय मुक्तिका लागि बोकेको हो । तिमी जति फरक बिचारलाई प्रतिबन्ध लगाउन खोज्छौ , आवाजहरुलाई छेक्न खोज्छौ , बहसबाट तर्सन्छौ त्यति नै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु उठ्नेछन याद राख ।’

यो पनि पढ्नुहोस्

शान्ता चौधरीको सचेतक पद खोसियो, केन्द्रीय सदस्यवाट समेत निष्कासन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !