७ बैशाख २०८१, शुक्रबार

प्रमुख सचेतक विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन


काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकवाट सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरिएको स्रोतले बतायो ।

बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको स्रोतले बतायो । त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !