ओलीले सांसद किन्नको लागि हुलका हुल मनुवाहरु खटाएको सुदन किरातीको आरोप Nepalpatra ओलीले सांसद किन्नको लागि हुलका हुल मनुवाहरु खटाएको सुदन किरातीको आरोप
९ बैशाख २०७८, बिहिबार

ओलीले सांसद किन्नको लागि हुलका हुल मनुवाहरु खटाएको सुदन किरातीको आरोप


सुदन किराती File Photo

काठमाडौं ‍। नेकपा प्रचण्ड-नेपाल समूहका नेता सुदन किरातीले पछिल्लो समय आफ्नो समूहमा सांसद तान्नको लागि ओलीले हुलका हुल मनुवाहरु खटाएको आरोप लगाएका छन्। नेता किरातीले केहि सांसदहरु ओलीको प्रलोभन देखाछा कि भन्दै पर्खिरहेको आरोप लगाएका छन्।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेता किरातीले भनेका छन्, ‘माथिल्लो निकाय बाट खरिद गर्न हुलका हुल मनुवाहरु खटिएका छन रे, केहि थान बिक्रीहुन बजारमा ढिक खोलेर बसेका पनि छन रे, खरिदेहरुलाई संम्झना रहोस हाम्रो पनि पसल यता खुल्लाई छ, तर बेचिनु अगाडी मेरो मालिक भोजपुरे जनतालाई एक पटक मेरो मुल्य सोध्ने छु ।’

सोमबार दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ उत्रने बित्तिकै नेकपा ओली समूहका सांसद महेश बस्नेतले केसीलाई ओली पक्षमा लाग्न आग्रह गरे । मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिए । तर केसीले स्वीकारेनन् । झण्डै साढे २ घण्टा छलफलपछि बस्नेत र केसी छुट्टिए । केसीले भनेअनुसार अहिले पनि फोनमार्फत् ओली पक्षमा लाग्न उनलाई आग्रह आइरहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !