७ बैशाख २०८१, शुक्रबार

ओली सरकारले विप्लव समुहसँग वार्ता गर्ने भएपछि कमल थापा किन खुशी भए ?


कमल थापा

काठमाडौं ‍। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा (माओवादी) विप्लव समुहसँग वार्ता हुनु सकारात्मक रहेको टिप्पणी गरेका छन्। अध्यक्ष थापाले साच्चै यदी देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध गर्न नहुने टिप्पणी गरे।

सामाजिक संजालमा एक स्टाटस लेख्दै अध्यक्ष थापाले भनेका छन्, ‘नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !