७ बैशाख २०८१, शुक्रबार

काँग्रेसले २४ गतेको निर्वाचनमा प्रदेशसभा सदस्यदेखि गाउँपालिका उपाध्यक्ष सम्मलाई सर्कुलर


Nepali-congress

२० माघ, काठमाण्डौ । नेपाली काँग्रेसले सात वटै प्रदेशहरुमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ २४ गते अनिवार्य मतदानमा सहभागि हुन सर्कुलर जारी गरेको छ ।

पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसका तर्फवाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुलाई माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु र पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहन निर्देशन दिइएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !