७ बैशाख २०८१, शुक्रबार

ओली जस्तो आतंककारीले ह्वीप जारी गरी सांसद हटाउने सपना नदेखे हुन्छ, हामी ओलीलाई हटाउँछौं : रावल


भीम रावल

काठमाडौँ । दाहाल-नेपाल समूहका नेता भीम रावलले ह्वीप नमान्ने कुनै पनि सांसदलाई केपी शर्मा ओलीले हटाउन नसक्ने बताएका छन् । नेता रावलले ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका हुन् ।

आइतबार एक कार्यक्रममा बोल्दै नेता रावलले संसदीय दलको नेताको हैसियतमा ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताए । त्यसरी निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए ।

नेता रावलले बहुमत केन्द्रीय कमिटीको बैठक गरेर ओलीलाई कारबाही गर्ने बताए । नेता रावलले भने, ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु भन्नु भएको छ । अब हामी उहाँलाई नै हटाउँछौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !