६ बैशाख २०८१, बिहिबार

नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको धम्कि : ह्वीप नमान्ने कुनै पनि सांसदलाई हटाइदिन्छु


ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदलाई ह्वीप जारी गर्ने र नमाने हटाउने तयारीमा छन्। ओलीले प्रधानमन्त्री पद जोगाउनको लागि सांसदलाई ह्वीप जारी गरेर आफ्नो पक्षमा मत जारी गर्न लगाउने तयारीमा छन्। ओलीले ह्वीप नमान्ने कुनै पनि सांसदलाई हटाउन तयारीमा छन् । ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने तयारीमा लागेका हुन्।

संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि ओलीको पद धरापमा परेको हो। ओलीको प्रवृति देखेर पुर्व एमालेका वरिष्ठ नेताहरु समेत ओलीलाई छाडेर प्रचण्ड तिर लागे।

ओलीलाई धेरैले साथ छाडिसकेका छन्। कतिपय नेताहरु भने ओलीलाई गाली गर्दै आएका छन्। ओलीसँग अहिले पुर्व एमालेका नेतामध्ये विष्णु पौडेल, इश्वर पोखरेल लगायतका नेताहरु छन्। तर ठुला नेताहरु भने ओलीको साथ छाडिसकेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई जस्ता धेरै नेताहरु प्रचण्ड समूहमा लागेका छन्।

पुर्व एमालेका नेताहरुमध्ये धेरै नेताहरु र ठुला नेताहरु भने प्रचण्ड-नेपाल समूहमा छन्। ओलीको प्रवृतिले गर्दा नै पुर्व एमालेका नेताहरु ओलीको साथ छाडेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !