१२ बैशाख २०८१, बुधबार

अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउनुस् : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाललाई अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउन चुनाैती दिएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन् ।

आज आइतबार झापाको कमल गाउँपालिका-७ झर्काहामा चीन-नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछि कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुन:स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिए ।

उनले आफूलाई अविश्वासको प्रस्ताव पास गरी हटाएर देखाउन चुनौति दिए । उनले विगतको घटना स्मरण गर्दै पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको भएपनि आफू जनताबाट फर्केर आएको दृतान्त बताए । अहिले पनि हटाउन सकेमा तीन करोड जनताबाट दुई तिहाइ लिएर आउने दावी समेत गरे ।

उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताउदै उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए । निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि ! झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।’

उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार नढल्ले बताउदै जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको तर्क थियो । उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने समेत दाबी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु