८ बैशाख २०८१, शनिबार

आँफैले प्रतिबन्ध लगाएको विप्लव समूहसँग सहमति गर्न खुट्टा ढोक्दै ओली सरकार


विप्लव र केपी ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् । प्रधानमन्त्री ओलीले शान्तिको सम्बन्धमा अलि-अलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्ने बताए ।

झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् । सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !