११ बैशाख २०८१, मंगलबार

७ नम्बर प्रदेशको पहिलो बैठक माघ २१ मा बस्ने


प्रदेशसभा

१९ माघ, धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठक यहि माघ २१ गते अपराह्न १ बजे बस्ने तयारीका सम्बन्धमा आज बसेको सर्वदलीय बैठकले अन्तरिम कार्य सञ्चालन कार्यविधि,२०७४ पारित गरेको छ ।

संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले भने प्रदेशसभा पहिलो बैठकमा प्रमुख दलका एक एक सांसदलाई बोल्न दिने, प्रदेश सभामुखको चयन नभएसम्मका लागि प्रदेशसभाको बैठक सञ्चालन गर्न तीन सांसदको मनोनयन गर्ने र प्रदेश सभामुखको निर्वाचनको मिति तोक्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !