८ बैशाख २०८१, शनिबार

स्कुलिङ भएका कर्मचारीलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प छैन : प्रचण्ड


Prachanda

१९ माघ, धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभामा बोल्दै राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताएका छन् ।

अब बन्ने बामपन्थी सरकारले कठोर ऐन कानुन बनाएर छाडातन्त्रको अन्त्य गर्ने पनि उनले बताए । आफू पनि कृषिको विद्यार्थी हुँ भन्दै उनले कृषिको क्रान्तिबिना नेपालको मुहार फेर्न नसकिने भएकोले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम अबको सरकारले ल्याउने प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !