८ बैशाख २०८१, शनिबार

चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो फेरि, नेकपालाई पुन: एकता गर्लिन् त ?


चिनियाँ राजदूत हाउ यान्छी

काठमाडौं । विगतमा कुनै समय थियो – जुनबेला नेपालको आन्तरिक राजनीतिमा भारतको रजगज हुने गर्दथ्यो । नेपालमा सरकार बनाउने र गिराउने ठुलो चलखेल हुने गर्दथ्यो । कतिसम्म भने धेरै सरकारहरु त १ वर्ष पनि नपुगी परिवर्तन हुने गर्दथे ।

नेपालको सत्ता समीकरण परिवर्तन हुने अवस्थामा विगतमा नेपालका लागि भारतीय राजदुतहरु राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेताको साथै अन्य दलका नेताहरुसँग भेटवार्ता गर्न दौडधुप खुवै गर्दथे । तर नेपालका लागि चिनियाँ राजदूत बनेर हाउ यान्छी जव नेपाल आइन्, यहाँ भारतीय राजदूतको तुलनामा उनी सयौ गुणा नेपालको राजनीतिमा सक्रिय भइन् ।

नेपालको दक्षिणको मित्रराष्ट्र भारत सरकार, भारतका थिंक ट्यांकहरु र त्यहाँका संचार माध्यमहरु अतालिन् थाले र भन्न थाले नेपाल उत्तरको छिमेकी मित्रराष्ट्र चीनतिर ढल्किन थाल्यो, अव भारतले नेपालसँग सम्वन्ध सुधार्नुपर्छ नत्र भने नेपालले चीनसँग व्यापार सम्वन्ध बढाएर भारतको व्यापारमा ठूलो घाटा हुनसक्छ ।

तर राजदूत बनेर हाउ यान्छी नेपाल आइसकेपछि अवस्था ठिक विपरित भयो । नेपालको राजनीतिमा उनको सक्रियता यति बढ्यो कि नेकपालाई एकता गराउनदेखि विभाजन हुनवाट जोगाउन कहिले राष्ट्रपति भण्डारी, कहिले प्रधानमन्त्री ओली, कहिले प्रचण्ड, कहिले माधव नेपाल र कहिले झलनाथ खनाललाई भेटेर नेकपालाई विभाजन हुनवाट जोगाउन पहल गरिन् तर उनको प्रयास असफल भएर नेकपा राजनीतिक रुपमा दुई समूहमा विभाजन भयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको घोषणा गरेपछि नेकपा राजनीतिक रुपमा दुई समूहमा विभाजन भयो । त्यसपछि चिनियाँ राजदूत यान्छी पुरै निस्कृय भएर लगभग २ महिना बसिन् ।

तर जव सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेको २ दिनपछि हिजो बिहिबारदेखि उनी फेरि नेपालको राजनीतिमा चासो लिएर सक्रियता देखाउदैछिन् । नेकपा राजनीतिक रुपमा मात्र विभाजन भएको छ कानूनी रुपमा होइन ।

हिजो बिहीबार मात्र उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई देउवा निवास बुढानिलकण्ठ पुगेर भेटेकी छन् । देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएलगत्तै उनले देउवालाई भेटेर कुराकानी गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नेपालको नयाँ सत्ता समीकरणको तालाचावी बोकेर बसेका देउवा नेपाली राजनीतिको मूल केन्द्रमा फेरि आइपुगेका छन् । नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन् ।

नेपालमा सरकार परिवर्तन हुन लागेका बेला चिनियाँ राजदूत यान्छीले देउवालाई भेट्नु पनि अर्थपूर्ण रुपमा हेरिएको छ । उत्तरी मित्रराष्ट्र चीनले प्रतिनिधिसभा विघटन र पुनर्स्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भएपनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमले संक्रमणकालीन समयमा आफूलाई अध्यक्ष दिए समस्या समाधन गर्ने बताएकै दिन चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुसँग भेटघाट गरेकी छिन् ।

पार्टी एकता अभियान चलाएका गौतमले बिहीबार बिहान खुमलटारमा पुगेर प्रचण्डलाइ भेटी ओलीको सम्मानजनक बर्हिगमन गर्दै नेकपाबाटै प्रधानमन्त्री बनाउनु पर्ने धारणा राखेको दिन यान्छीले ओली समूहका नेताहरुसँग भेटघाट गरेकी हुन् ।

हिजो बिहीबार उनले प्रधानमन्त्री ओलीसँग भेटघाटको समय मागेकी थिइन् तर ओली आफू निकटका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका कारण समय नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुसँग भेटघाट गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयमै पुगेर राजदूत यान्छीले गृहमन्त्री बादलसँग १ घण्टा कुराकानी गरेकी थिइन् । बादललाई भेट्नुअघि यान्छीले नेकपा स्थायी कमिटीका २ जना सदस्यलाई भेटेकी थिइन् । चिनियाँहरुकै पहलमा गौतम पार्टी एकता पहलका लागि बाहिर बसेको आशंका गरिरहेका बेला बिहीबार यान्छी र गौतमको दौडधूपलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने नेकपाको ओली समूहका १ जना नेताले बताएका छन् ।

गौतमले बिहीबार बिहान एकीकृत पार्टीको अध्यक्ष दाबी गर्दै खुमलटार पुगेर प्रचण्डलाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाई गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो ।

बिहीबार बिहान खुमलटार पुगेका गौतमले यो बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरुलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए । गौतमकै भाषामा यान्छीले पार्टी एकताका लागि नेताहरुले पहल गरेर पार्टी नेताहरु सम्मानजनक ठाउँ लिएर बस्नुपर्ने र त्यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीले के कस्तो सहयोग गर्नुपर्ने हो त्यो सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

संसद पुनःस्थापना भए पनि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए । पुस ५ गते संसद विघठन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् ।

राजनीतिक रुपमा विभाजन भएको पार्टीलाई एकता गराउन यसअघि चिनियाँ टोली सक्रिय रहेको थियो । पार्टी विभाजन लगत्तै चिनियाँ टोली पुसमा नेपाल आएको थियो । तर सो टोलीले विभाजनको असर र कारणबारे छलफल गरी त्यसको विवरण चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझाएको थियो । अहिले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न फेरि चिनियाँहरु उच्च अधिकारीहरु सक्रिय भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित यसअघि नेकपाका दुवै समूहलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन उच्चस्तरीय टोली नेपाल आएर नेकपाको आन्तरिक कलह मत्थर पार्न चिनियाँ कम्युनिष्ट पार्टीले खेलेको भूमिका निरर्थक सरह भएको थियो ।

चिनियाँ राजदूत यान्छी यसदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय भएतापनि नेकपा राजनीतिक रुपमा विभाजन भई सकेको छ । चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहेर सोही अनुसार उसले अन्तिम कसरत गरिरहेको छ । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनले संसद विघटन, नेकपामा आएको फुट र संसद पुन:स्थापनाबारे औपचारिक प्रतिक्रिया नदिएतापनि चिनियाँ सरकारी सञ्चार माध्यममा प्रकाशित समाचारहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी नभएको बुझिएको छ ।

राजनीतिक रुपमा फुटिसकेको नेकपालाई पुनः जोडाउन चिनियाँ राजदूत फेरि अन्तिम प्रयासमा जुटेकी छन् । सत्तारुढ नेकपामा विवाद चरम अवस्थामा पुग्दा यसअघि पनि सक्रियता देखाउने गरेकी राजदूत यान्छी पछिल्लो नेकपामा देखिएको विवादमा भेटघाटमा किन सक्रिय भइनन् भनेर पनि हेरिएको थियो ।

नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ । साथै नेकपाभित्रको विवाद उग्र भएर अव कानुनी रुपमा विभाजनको संघारमा त्यसलाई मिलाउन विदेशी राजदूत सक्रिय भएको भनेर उनको आलोचना हुँदै आएको छ ।

यसरी नेपालको नयाँ विकसित राजनीतिक घटनाक्रमपछि सत्ता समीकरण परिवर्तन हुने संकेत देखिएको बेला र नेकपाको एकताको झिनो सम्भावना रहेको अवस्थामा चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आधिकारिक दलको मान्यता दिएको छैन । अझसम्म पनि नेकपालाइ पुन: एकता गर्न सकिन्छ की भनेर उनी लागि परेकी छन् । अहिले उनको यो प्रयास के हुने हो त्यो त भविष्यले देखाउने छ ।

यो पनि पढ्नुहोस्

नेकपाभित्रको आन्तरिक विवाद चुलिएको भेलमा चिनियाँ राजदूत यान्छी र दाहालवीच भेटवार्ता, के कुरा भयो ?

नेकपा विभाजनको संघारमा हुँदा किन भेट्न चिनियाँ राजदूतले राष्ट्रपतिलाई ?

फुटिसकेको नेकपालाई जोड्न चीन अन्तिम प्रयासमा

एमाले र माओवादीलाई एकता गराउने येचौ आइपुगे नेपाल : रोक्लान् त नेकपा विभाजन ?

किन आइतबार आउदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल ?

नेकपा विभाजनबारे चीनको गम्भीर चासो : के जोगाउला त विभाजन ?

किन आइतबार आउदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल ?

चिनियाँ उच्चस्तरीय टोली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के प्रचण्डलाई मनाउला त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !