
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भ्यूटावर र पशुपतिनाथमा कुनको जलहरी सट्टा सुविधा सम्पन्न अस्पताल बनाउनमा ध्यान दिन आग्रह गरेका छन् । उपचारको लागि दिल्ली गएका डा. भट्टराईले दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरहेको टिप्पणी गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, “दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो!केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन? भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै?नमरी स्वर्ग नदेखिने नै हो?”
दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो!केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन?भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै?नमरी स्वर्ग नदेखिने नै हो? pic.twitter.com/IC3zXCnilV
— Baburam Bhattarai (@brb1954) February 25, 2021