७ बैशाख २०८१, शुक्रबार

देउवा नैतिकताका आधारमा प्रधानमन्त्री बन्नु हुँदैन, बरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे उचित : डा. कोइराला


काठमाठौं । नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले छलफल सुरु गरेपछि कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

डा. कोइरालाले कांग्रेसले सरकारको नेतृत्व गर्नुभन्दा प्रतिपक्षमै बस्नु उचित हुने र प्रचण्ड-नेपाल समूहलाई सरकार गठनका लागि सघाउन सकिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !