११ बैशाख २०८१, मंगलबार

चितवनको विरोधसभा छाडेर काठमाडौँ फर्किए प्रचण्ड र नेपाल


प्रचण्ड-नेपाल समूह फाइल फोटो

चितवन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल काठमाडौँ फर्किएका छन् ।

यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ । प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार सो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्किएका हुन् ।

उनीहरु आज बिहान १०ः४५ बजे जहाजबाट जानुभएको उनले जानकारी दिए । काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाट गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम उहाँहरू छाडेर फर्किएको अधिकारीले बताए ।

सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्र प्रसाद पाण्डे, नारायण दाहाल, रेनु दाहाल लगायतले सम्बोधन गर्दै छन् । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !