१३ बैशाख २०८१, बिहिबार

बामदेवद्वारा ओली र प्रचण्डलाई सचिवालय वैठक धुम्वाराहीमा वोलाउन अनुरोध


वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले उपाध्यक्षको हैसियतले उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’संग तुरुन्तै सचिवालय वैठक धुम्वाराहीस्थित केन्द्रिय कार्यालयमा वोलाउन अनुरोध गरेका छन् ।

उनले हिजोको मितिमा आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको बताएका छन् । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन भएको उनले बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले गत पुष ५ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएकोले हिजोको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेश विज्ञप्ति जारी गरेर संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न अनुरोध गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले प्रधानमंन्त्री पदवाट ढिला नगरी तुरुन्त राजिनामा दिनुपर्छ भनेका पनि छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !