१२ बैशाख २०८१, बुधबार

अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने निर्णयमाथि गोकुल बास्कोटाको आपत्ति


ashtalakshmi shakya

१८ माघ, काठमाण्डौ । प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् । एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेको प्रति नेकपा एमालेका सांसद बास्कोटाले आपत्ति जनाए ।

बास्कोटाले भने– ‘म पनि सचिवालयमा छु, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्योम ? केको सचिवालयले गर्योो ? सचिवालयले त्यस्तो कुनै निर्णय गरेको छैन ।’ अष्टलक्ष्मीलाई यदि मुख्यमन्त्री बन्ने ईच्छा लागेको भए पार्टीभित्र दलको नेताका लागि चुनावी मैदानमा आउन बास्कोटाले चुनौती दिए । उनले भने– ‘मुख्यमन्त्री बन्ने ईच्छा भए चुनाव लडे भैगो । जबजले चुनाव र प्रतिस्पर्धामा जाऊ भनेको छ, त्यही अनुसार चुनाव जितेर आउनुपर्छ ।’

एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा सो पार्टीवाट मुख्यमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । हालसम्म मुख्यमन्त्रीको दाबेदारमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल, सानु श्रेष्ठ लगायत मैदानमा छन् । अष्टलक्ष्मी माधव नेपाल पक्षकी हुन् भने अरु केपी ओली पक्षवाट मुख्यमन्त्रीका दाबेदार हुन् । माधव नेपाल पक्षका रहेका राजेन्द्र पाण्डे हाल ओली गुटमा लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !