सर्वोच्च अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भयो, अब ओलीको पतन हुने Nepalpatra सर्वोच्च अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भयो, अब ओलीको पतन हुने
१८ फाल्गुन २०७७, मंगलबार

सर्वोच्च अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भयो, अब ओलीको पतन हुने पक्का : बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्

पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेको छन्, “कस्तो सुखद संयोग!अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु