रवीन्द्र मिश्रको चेतावनी : ओली, प्रचण्ड र देउवालाई नख्खु जेलमा पुर्‍याउँछौं Nepalpatra रवीन्द्र मिश्रको चेतावनी : ओली, प्रचण्ड र देउवालाई नख्खु जेलमा पुर्‍याउँछौं
१५ फाल्गुन २०७७, शनिबार

रवीन्द्र मिश्रको चेतावनी : ओली, प्रचण्ड र देउवालाई नख्खु जेलमा पुर्‍याउँछौं

हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र


रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

हिजो सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी सरकारमा पुग्नेबित्तिकै ओली, प्रचण्ड र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताए ।

‘बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौं, त्यसपछि आराम गर्न नख्खु जेलको चौरमा पु‍र्‍याउँछौं,’ उनले भने, ‘जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनुहुनेछ ।’

आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको उनको भनाइ थियो । दलीय भागबन्डाका कारण सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै उनले न्यायालयमाथि नै कालो पोतिएको बताए ।

राज्यका हरेक निकाय पार्टीका भागबन्डामै गाँजिएकाले देशले दुःख पाएको बताउँदै उनले समतामूलक समृद्धिका लागि नागरिकले मन र मत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु