७ बैशाख २०८१, शुक्रबार

मनमोहनले शुरु गरेको औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री आज कञ्चनपुर जाँदै


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैछन् । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो ।

प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्रोतले बताएको छ ।कञ्चनपुरको वेदकोट-२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो ।

शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट-२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ । उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम शुरु हुन लागेको हो ।

सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम जान लाग्नु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !