४ बैशाख २०८१, मंगलबार

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति नेपाली काँग्रेसको विरोध


नेपाली कांग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भत्सर्ना गरेको छ ।

अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर वर्तमान सरकारले यस अघि प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो ।

फेरि आज त्यही प्रवृत्ति दोहोर्याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई सरकारले आन्तरिक दबाब दिएको आरोप लगाउँदै काँग्रेसले सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु गलत र आपत्तिजनक रहेको टिप्पणी गरेको छ । काँग्रेसले सरकारको यस कदमप्रति विरोध जनाउंदै यस्ता कार्य अविलम्ब रोक्न चेतावनी समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !