१३ बैशाख २०८१, बिहिबार

लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल : पूर्वराष्ट्रपति यादव


डा. रामवरण यादव

धनुषा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको उल्लेख गरेका छन् । आज शुक्रवार जनकपुरधाममा डा. शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सो धारणा व्यक्त गरेका छन् ।

उनले भने, “अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन ।” उनले प्रश्न गरे, “सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?”

पूर्व राष्ट्रपति यादवले भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानलाई सोधुँला, त्यो म भन्न सक्दिनँ भन्दै लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाको लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले प्राप्त उपलब्धिलाई वेवास्ता गरी चुनावको मिति तोक्नेतर्फ लाग्नुभएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !