रिहाइपछि झाँक्रीले भनिन्, 'प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन' Nepalpatra रिहाइपछि झाँक्रीले भनिन्, 'प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन'
२१ फाल्गुन २०७७, शुक्रबार

रिहाइपछि झाँक्रीले भनिन्, ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन’


रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो ।

रिहाइपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै झाँक्रीले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताइन् । झाँक्रीले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु