७ बैशाख २०८१, शुक्रबार

ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैन : नारायणकाजी श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले तीन वटा लक्ष्य र एउटा मुख्य उद्धेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधिसभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताए ।

उनले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन पनि आन्दोलन जरुरी भएको बताए । उनले लोकतन्त्रलाई हत्या गर्न ओलीले चुनावको कुरा गरेको भन्दै संविधानविरोधी चुनावलाई धज्जी उडाइने बताए ।

नारायणहिटी अगाडि ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर दिएको अभिव्यक्तिलाई फाँसीवादको संज्ञा पनि दिए । विकासको नारा दिएर संविधानलाई उपहास गरेर, संविधानको उपधारामा कालोमसी लगाएर नयाँ तरिकाले फाँसीवादको अभ्यास गर्दै गरेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !