१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहको जुलुस शुरु, शीर्ष नेताहरुले सम्बोधन गर्ने


प्रचण्ड-नेपाल समूहको जुलुस शुरु, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

प्रचण्ड-नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो । विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवी लगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

सभालाई नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ । प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा प्रचण्ड-नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ ।

आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !