८ बैशाख २०८१, शनिबार

माधव नेपाल भन्छन्, ‘केपी ओलीसँग अब साइबर सेना मात्रै छ’


माधव नेपाल फाइल फोटो

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीको पक्षमा अब साइबर सेना मात्रै बाँकी रहेको बताएका छन् ।

आज सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीसँग ‘बा’ भन्न रुचाउने मानिसहरु मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

‘केपी बा’ भनेर ओलीको पछि लाग्ने र सामाजिक संजालमा ओलीको पक्षमा आफ्नो धारणा राख्ने साइबर सेना मात्र ओलीको समर्थक भएको धारणा राखेका हुन् । उनले ओलीको समूहमा ‘बा’ भन्ने मात्रै भएकोले क्रान्तिकारी, सहयोद्धा नभई आफ्नो समूहमा असल मानिस भएको बताए ।

उनले ओलीसँग नाटक गर्न सिपालु मान्छे मात्रै रहेको आरोप लगाउदै नेपालले ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न मात्रै सिपालु भएकोले उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै भएको आरोप लगाए ।

सूर्य चिन्ह आफूहरुले मात्रै पाउने दाबी गर्दै उनले ओली ‘बा’ भन्ने पार्टी खोल्दिए त्यो मन पराउने सबै उतै जाने भएकोले उनीहरुको लागि सबैभन्दा राम्रो हुने टिप्पणी गरे । अध्यक्ष नेपालले अहिले लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताए । अहिलेको लडाइँ केपी ओलीविरुद्ध नभई केपी ओली प्रवृत्ति विरुद्धको भएको बताए ।

नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । उनले ओलीसँग असल मानिसहरु नरहेको टिप्पणी गरेका छन् । उनले नेकपा मन परेको नभए समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुने बताएका हुन् ।

अध्यक्ष नेपालले ओली र नेपाल कम्युनिस्ट पार्टीबीच अब कुनै सम्बन्ध नभएको दाबी गरे । केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकाली सकेका छौं । अब उनको नेकपासँग कुनै सम्बन्ध छैन । तैपनि उनलाई नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ ।

उनले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धता सहित स्वेत पत्र जारी गर्ने बताएका छन् । उनले विगतमा भएका कमीकमजोरीसहित श्‍वेतपत्र जारी गर्ने बताएका हुन् ।

संविधान, कानुन बमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरु रहेको उनको भनाइ छ । साथै उनले ओलीले चुनाव पनि नगराउने र देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए । एक जना केपी शर्मा ओलीले गर्दा देश आजित भइसकेको उनको धारणा थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड भन्छन्, ‘केपी ओली शिक्षक र बुद्धिजीवीसँग तर्सन्छन्’

माधव नेपाल भन्छन्, ‘केपी ओलीको पक्षमा बा भन्ने मात्रै बाँकी छन्’

ओली जस्तो शिक्षकहरु अन्धभक्त हुँदैनन्, इतिहासले फटाहा नेता भनेर चिनिने छ : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !