१२ बैशाख २०८१, बुधबार

प्रचण्ड भन्छन्, ‘केपी ओली शिक्षक र बुद्धिजीवीसँग तर्सन्छन्’


प्रचण्ड फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकहरू तथा वुद्धिजीविहरूसँग तर्संने गरेको बताएका छन् ।

आज सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने पनि प्रचण्डले आरोप लगाए ।

शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेर विगतमा ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको उनको भनाइ थियो । प्रचण्डले प्रतिगमनको वकालत गरेकोले ओलीसँग हार्ने बाहेक अरू विकल्प नरहेको पनि दाबी गरेका छन् ।

ओलीलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो । शिक्षकहरू क्रान्तिकारी हुने भएकोले शिक्षक र वुद्धिजीविदेखि ओली तर्संने गरेको बताए । विगतमा ओलीले शिक्षकहरूको औपचारिक संगठन बनाउन हुन्न भने पनि अहिले धमाधम शिक्षक राखेर केन्द्रीय समिति विस्तार गरेकोले त्यो ठगी कुरा मात्रै भएको पुष्टि भइसकेको उनको आरोप थियो ।

शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने भएकोले शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन भने शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका ओलीले अहिले केन्द्रीय समितिमा म्यादी प्रहरी जसरी शिक्षक भर्ती गरिरहेका आरोप समेत लगाए ।

सरी नेकपाको दुवै समूहका नेताहरु एक समूहका नेताहरुले अर्को समूहका नेताहरुलाई आरोप-प्रत्यारोप गर्न तल्लीन देखिन्छन् । नेकपाको दुवै समूहका नेताहरुमा राजनीतिक संस्कार र नैतिकता केहि देखिदैन । यसरी नेपालले ओली समूहप्रति चोटिलो टिप्पणी गरेका हुन् ।

सत्ता र शक्तिको लागि नेकपाको आन्तरिक विवाद र व्यक्तिगत शक्ति संघर्षले लामो समयदेखि नेपाली जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्र धरापमा परेको छ भने कम्युनिष्टहरुको अस्तित्व संकटमा पर्ने देखिन्छ भने कम्जोर प्रतिपक्ष दल नेपाली काँग्रेसलाई केहि फाइदा हुने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !