८ बैशाख २०८१, शनिबार

माधव नेपाल भन्छन्, ‘केपी ओलीको पक्षमा बा भन्ने मात्रै बाँकी छन्’


माधव नेपाल फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीको पक्षमा ‘बा’ भन्न रुचाउने मानिसहरु मात्रै बाँकी रहेको बताएका छन् । आज सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीसँग असल मानिसहरु नरहेको टिप्पणी गरेका छन् ।

उनले ओलीको समूहमा ‘बा’ भन्ने मात्रै भएकोले क्रान्तिकारी, सहयोद्धा नभई आफ्नो समूहमा असल मानिस भएको बताए । उनले ओलीसँग नाटक गर्न सिपालु मान्छे मात्रै रहेको आरोप लगाउदै नेपालले ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न मात्रै सिपालु भएकोले उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै भएको आरोप लगाए ।

सूर्य चिन्ह आफूहरुले मात्रै पाउने दाबी गर्दै उनले ओली ‘बा’ भन्ने पार्टी खोल्दिए त्यो मन पराउने सबै उतै जाने भएकोले उनीहरुको लागि सबैभन्दा राम्रो हुने टिप्पणी गरे । अहिलेको लडाइँ केपी ओलीविरुद्ध नभई केपी ओली प्रवृत्ति विरुद्धको भएको बताए ।

यसरी नेकपाको दुवै समूहका नेताहरु एक समूहका नेताहरुले अर्को समूहका नेताहरुलाई आरोप-प्रत्यारोप गर्न तल्लीन देखिन्छन् । नेकपाको दुवै समूहका नेताहरुमा राजनीतिक संस्कार र नैतिकता केहि देखिदैन । यसरी नेपालले ओली समूहप्रति चोटिलो टिप्पणी गरेका हुन् ।

सत्ता र शक्तिको लागि नेकपाको आन्तरिक विवाद र व्यक्तिगत शक्ति संघर्षले लामो समयदेखि नेपाली जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्र धरापमा परेको छ भने कम्युनिष्टहरुको अस्तित्व संकटमा पर्ने देखिन्छ भने कम्जोर प्रतिपक्ष दल नेपाली काँग्रेसलाई केहि फाइदा हुने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !