११ बैशाख २०८१, मंगलबार

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस


शेरधन राई

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस गरिने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको स्रोतले बतायो ।

ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने भएको छ । त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ । ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !