१२ बैशाख २०८१, बुधबार

प्रचण्ड भन्छन्, ‘केपी ओलीसँग हाम्रो तुलना गर्दा अन्याय हुन्छ’


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन् ।

मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग आज शनिबार काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा उनले दुवै उस्तै-उस्तै हुन भनिए न्याय नहुने बताएका हुन् ।

उनले अध्यादेश जारी गर्ने देखि लिएर संसद् विघटनसम्मका कदमलाई ओलीको जंगलीराजको सुरुवातको रूपमा टिप्पणी गरे । उनले कांग्रेस, जसपा लगायतका दलहरूसँग संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको भन्दै फागुनको पहिलो साताभित्र निष्कर्षमा पुग्ने बताए ।

उनले अहिलेको परिस्थिति आउनुमा आफूहरूको कमजोरीको आत्मसमीक्षा गर्दै श्वेतपत्र जारी गर्ने स्पष्ट पारे । अध्यक्ष दाहालले जनयुद्धदेखि गणतन्त्रसम्म सञ्चारक्षेत्रको भूमिका उल्लेखनिय रहेको बताए । भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने उनको प्रतिबद्धता व्यक्र गरे ।

कार्यक्रममा अर्का अध्यक्ष माधव नेपालले आधिकारिक नेकपा आफूहरू नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने टिप्पणी गर्दै ओलीका प्रशंसा मात्र सुन्ने बानी रहेको उनले आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !