१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड-माधवद्वारा बैतडी घटनाका दोषीमाथि कार्वाहीको माग


प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले १७ वर्षकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएकोमा दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । विद्यालयबाट घर फर्किंदै गरेको बेला किशोरी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको उनीहरुले घोर भर्त्सना व्यक्त गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालले आज एक शोक वक्तव्य जारी गर्दै यहि माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले हामी स्तब्ध र मर्माहत भएको बताएका छन् ।

डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको उनीहरुले आरोप लगाएका छन् ।

विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।

अन्त्यमा मृतक किशोरी भागरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं । बिगतको निर्मला पन्तको अनुसन्धान जस्तो यो घटनामा गैरजिम्मेवार नबनोस् काम चलाउ सरकार भनेर सचेत समेत गराएका छन् ।

प्रचण्ड-माधवद्वारा १७ वर्षिया किशोरीको बलात्कारपछि हत्या भएकोमा दोषीमाथि कार्वाहीको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !