६ बैशाख २०८१, बिहिबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने स्पष्टीकरण दिएका छन् ।

ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी सडकमा आयोजना गरेको बृहत जनसभामा बोल्दै उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका ओलीले देशमा कसैले लोकतन्त्र खोस्न नसक्ने बताए । उनले काम गर्न नपाएपछि संसद् विघटन गर्नु परेको कारण प्रष्ट गरे ।

ओलीले आफूलाई गणतन्त्रविरोधी भनेर प्रचार गरेकोमा असन्तुष्टि जनाए । उनले आफूले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लडेकोले आफूले कुनै हातलमा राजतन्त्रबारेमा नसोचेको बताए । आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।

साथै उनले संसद् विघटन संविधानसम्मत छ कि छैन भनेर बहस निकालिएकोमा काम गर्ने अवस्था नभएर प्रधानमन्त्रीले संसद् विघटन जनताले बुझेको बताए । कोही पनि नाटकबाजको नाटकमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने ओलीको भनाइ थियो ।

संसद्‌लाई पंगु बनाउन खोजिएपछि चुनावमा जानु परेको ओलीले बताए । उनले प्रचण्ड-नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएको आरोप लगाए । ओलीले पार्टी विभाजनपछि आयोग गठन गर्न सम्भव भएको बताए ।

ओलीले आफूहरुलाई ललकार्ने काम भएकाले बाध्य भएर सकडमा आएको बताए । २/४ हजार मानिस जम्मा गरेर हामीलाई ललकार्ने काम भएकाले हामी सडकमा आउन बाध्य भएको बताए । नेपाललाई समाजवाद उन्मुख हुनबाट, सामाजिक न्यायसहितको देश बनाउनबाट कसैले रोक्न सक्दैन ।

पहिलो पटक चीनसँग पारवहन सन्धि गरेको कारण र दोस्रो पटक नक्सा छापेपछि आफूलाई सरकारबाट हटाउन उत्पात मच्चाइएको र त्यसका लागि नक्कली राष्ट्रवादको नारा लगाउने काम भएको ओलीको दाबी थियो ।

ओलीले प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । उनले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिएका हुन् ।प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगार लगायतका क्षेत्रमा ऐतिहासिक काम भएको जानकारी दिए ।

उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको पार्टी, देश बनाउने संकल्प बोकेको पार्टी भएको हुनाले यो पार्टी नै मुल पार्टी भन्दै आजैबाट मुल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुंगिएको बताए ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न ओलीको चेतावनी

अब तेस्रो जनआन्दोलन शुरु भयो : गृहमन्त्री थापा

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री थापा

ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !