११ बैशाख २०८१, मंगलबार

ओली-प्रचण्डवीच एकअर्काप्रति आरोप-प्रत्यारोपको वर्षा

प्रचण्ड भन्छन्, 'ओलीले जंगली राज चलाए' : ओलीको भन्छन्, कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले आन्दोलनलाई बदनाम गराए'


प्रचण्ड र केपी शर्मा ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज वीच एकअर्काप्रति आरोप-प्रत्यारोपको वर्षा भएको छ ।

प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगली राज चलाउन खोजेको आरोप लगाएका छन् भने ओलीले नेकपा प्रचण्ड-नेपाल समूहलाई लक्षित गर्दै कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराएको आरोप छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आयोजना गरेको आमहड्ताल सफल पार्न बिहीबार ललितपुरको सातदोबाटो चोकमा सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

यस्तै बिहीबार काठमाडौंमा आयोजित आफूपक्षीय अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिष्टकै खोल ओढेकाले गरेको आरोप लगाएका हुन् ।

प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने समेत बताएका छन् । यस्तै माघ २८ गते विशाल प्रदर्शन हुने र त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलनले केपी ओली सरकारको आयु सकिने बताएका छन् ।

ओलीले प्रचण्ड माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताउदै उनले केहि गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडी र बाइक चढेर रमिता हेरेको’ बताए ।

प्रचण्डले प्रदर्शनमा सहभागी ७० वर्ष लडेर ल्याएको लोकतन्त्र गणतन्त्र र संबिधान धरापमा परेकाले बाध्यात्मक अवस्थामा बन्द गर्नुपरेको बताए । सरकारले देश, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको भन्दै त्यस विरुद्धको आन्दोलन थप सशक्त बनाइने समेत उनले घोषणा गरेका छन् ।

ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै सडकमा आएको टिप्पणी समेत गरे । सम्बोधनका क्रममा ओलीले प्रचण्ड-नेपाल समूह कम्युनिष्टको बर्का ओढेर कम्युनिष्ट आन्दोलनलाई नै कमजोर पार्न लागि परेको आरोप पनि लगाए ।

प्रचण्डले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए । सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए ।

ओलीले भूमिहीन किसानको समस्या समाधान गर्न आयोग गठन गर्दा माधव नेपालले मुद्दा हालेर किसानविरोधी काम गरेको आरोप लगाए । उनले कृषि क्षेत्रका समस्या समाधान गर्ने नेता को हो ? भनेर प्रश्न गर्दै सहभागीहरुलाई सोधेका थिए ।

प्रचण्डले हिजो पञ्चहरुले त्यसै गरेर निभ्ने बेलाको बत्ती जस्तो ठूलाठूला पञ्चर्याली गर्ने गरेको उनले टिप्पणी गरे । संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताउदै उनले यसलाई जंगली राजको संज्ञा दिएका छन् ।

ओलीले गरेको प्रश्नको जवाफमा ‘माधव नेपाल’ भन्ने जवाफ आएको थियो । पछिल्लो समय मन्त्री पद्मा अर्याललाई समेत नेता नेपालले हप्काउन खोजेको र खाली आफ्नै मान्छे राख्न प्रयास गरेपनि पछिल्लो पटक भत्काउन नसकेको बताए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको आरोप : कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराए

ओली सरकारले जंगली राज चलाउन खोज्यो : अध्यक्ष प्रचण्ड

प्रचण्डलाई ओलीको आग्रह : हप्कीदप्की होइन, कानुनको पालना गर्न सिक्नुस्

प्रधानमन्त्रीको प्रश्न : किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

प्रचण्ड आन्दोलन, झगडा, मुद्धा लड्न र मुख छाड्न बानी परेका छन् : ओली

प्रचण्ड-नेपाल समूहले ६ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे बास्कोटाको आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !