११ बैशाख २०८१, मंगलबार

संवैधानिक निकायका पदाधिकारीहरुले शपथग्रहण गर्दै गर्दा भीम रावलले किन गरे यस्तो आपत्ति ?


भीम रावल File Photo

काठमाडौं । नेकपा प्रचण्ड समूहका नेता डा. भीम रावलले संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता डा. रावलले यस्तो टिप्पणी गरेका हुन्। नेपाल सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई आज बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

नेता डा. रावलले लेखेका छन्, “सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो।यो निन्दनीय छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !